Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले गर्‍यो आफ्ना नेताको अन्त्येष्टिका लागि ‘उग्र क्रोध दिवस’को आह्वान

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना नेता इस्माइल हानियाको अन्त्येष्टिमा आज कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।

हमासले विज्ञप्तिमार्फत् शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गर्ने जनाएको हो ।

हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहेका हानियाको बुधबार तेहरान उनकै निवासमा हत्या गरिएको थियो ।

उनको बिहीबार तेहरानमा प्रार्थना सभा गरिएकोमा शुक्रबार कतारमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077