Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिममा नयाँ सरकार बनाउन २ दिनको समयसीमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा साउन २० गते भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन २० गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

'नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेश गर्नु,' विज्ञप्तिमा भनिएको छ।

आजै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077