Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आफैंलाई गोली हानेर सैनिक जवानले गरे आत्महत्या

नवलपरासी । पूर्वी नवलपरासीको अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

२२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेका हुन् ।

अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए ।

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो ।

आत्महत्याको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077