Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनसुनजन्य विपद्‌मा परी देशभर १ सय ५० जनाको मृत्यु

काठमाडौं । बाढी, पहिरोलगायत मौसमजन्य विपद्‌मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि १५० जनाको मृत्यु भएको हो ।

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना र मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका नेपाल प्रहरीको तथ्यांक छ ।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077