Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा हिंसा बढेपछि प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक

एजेन्सी । बेलायतमा हिंसा बढ्दै गएपछि प्रधानमन्त्री किएर स्टार्मरले आजका निम्ति आपत्कालीन बैठक बोलाएका छन् ।

कसरी समस्या समाधान गर्ने भन्नेबारे निर्णय गर्न आपत्कालीन बैठक बोलाइएको हो ।

पछिल्लो सप्ताहान्तपछि बेलायतका विभिन्न सहरमा हिंसात्मक गतिविधि बढ्दै गएको छ । यसक्रममा हालसम्म १५० जनालाई गिरफ्तार गरिएको जनाइएको छ ।

प्रधानमन्त्री स्टार्मरले बढ्दो हिंसा र आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077