Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निर्वाचन क्षेत्र जाँदा आफुमाथि दुर्व्यवहार भएको रास्वपा सांसद गौतमको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफ्नै निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् ।

उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताइन् ।

सांसद गौतमले भनिन्,‘अविरल वर्षातले मेरो निर्वाचन क्षेत्र काठमाडौं–२ मा अवलोकनका लागि गएको थिएँ। मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर गएको थिएँ। त्यहाँको पहिरो अवलोकन गरेर फर्कने क्रममा सामान्य अवस्थामा नरहेका युवा ममाथि दुर्व्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो। ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ! युवा संगठनको साथी हुनुहुन्छ।'

उनले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077