Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शेख हसिनाले देश छोडेपछि एमाले सचिव विष्टले भने – सर्वशक्तिमान् जनता नै हुन्

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सर्वशक्तिमान् जनतानै हुने बताएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि सचिव विष्टले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सचिव विष्टले लेखेका छन्,‘विगत १५ वर्षदेखि लगातार बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले लोकतन्त्रका आधारभूत मूल्य मान्यता र जनआवाजलाई वेवास्ता गर्दै सत्तामा टिकिरहन् अनेकन प्रयत्न गरिन् । अन्तत: उनी असफल भइन् । देश छोड्न बाध्य बनिन् । यो पछिल्लो घटनाले,'सर्वशक्तिमान जनता नै हुन् र अन्तिम शक्ति जनता मै निहित रहन्छ' भन्ने कुराको पुर्नपुष्टि भएको छ ।’

सचिव विष्टले विगत १५ वर्षदेखि लगातार बंगलादेशको प्रधानमन्त्री रहेकी हसिनाले लोकतन्त्रका आधारभूत मूल्य मान्यता र जनआवाजलाई बेवास्ता गर्दै सत्तामा टिकिरहन अनेकन् प्रयत्न गरेको पनि बताए ।

उनले हसिना असफल भएपछि देश छोड्न बाध्य भएको बताए। देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077