Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायिका रचना रिमाल किन गइन अमेरिका ?

काठमाडौं । गायिका रचना रिमाल अमेरिका उडेकी छिन् ।

उनी ५५ दिन लामो 'अब नाच्छ अमेरिका' सांगीतिक कार्यक्रमका लागि सोमबार अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

उनी अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिनेछिन् । उनले अमेरिका आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्रा रहेको पनि जानकारी दिएकी छन् ।

'केही वर्ष अघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षापश्चात् वैदेशिक रोजगारीका लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरूकै कारणले आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्राको क्रममा छु,' फेसबुकमा रचनाले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077