Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशमा बन्यो २० सदस्यीय 'जम्बो' मन्त्रिमण्डल !

काठमाडौं । जनमतको नेतृत्वमा रहेको मधेश सरकारमा अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनेको छ ।

पाँचजना राज्यमन्त्री थपिएसँगै मधेश सरकारमा अहिलेसम्मकै 'जम्बो' मन्त्रिमण्डल बनेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक(एक राज्यमन्त्री थप गरेका हुन् ।

१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए ।

मंगलबार पाँच राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिमण्डल बनेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सरकारलाई कांग्रेस, एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077