Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी केन्द्रले अब सत्ता खोज्दै हिँड्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र सरकार खोज्दै नहिँड्ने बताए। उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए ।

पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै अध्यक्ष प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रित हुने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेची–काली अभियान सुरु गर्ने तयारीमा रहेको बताए।

सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको अध्यक्ष प्रचण्डले बताए ।

उनले आफु नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियाबादीहरु डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077