Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

कैलाली । यही साउन ८ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन आज रातिदेखि अन्त्य हुँदै छ ।

तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका थिए ।

कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्ष २०८१र८२ का लागि बजेट ल्याउन सक्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077