Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उद्योग विभागमा गौतम र धामीको चकचकी, कुरौटे र भरौटेले रिंग्याउँदा मन्त्री तनावमा

उद्योग विभागमा गौतम र धामीको चकचकी, कुरौटे र भरौटेले रिंग्याउँदा मन्त्री तनावमा

आइतवार , भाद्र २, २०८१

काठमाडौं । उद्योग विभागका निर्देशकद्वय शंकरसिंह धामी र सोमनाथ गौतमको कार्यशैलीलाई लिएर विभागदेखि मन्त्रालयसम्म तनाव उत्पन्न भएको छ । विदेशी लगानी शाखाका निर्देशक धामी करिब दुई वर्षदेखि सोही शाखामा कार्यरत रहँदै आएका छन् ।

दिलेन्द्रप्रसाद बडु उद्योगमन्त्री रहँदा दार्चुला घर भएकै नाता जोडेर उद्योग विभाग छिरेका धामीको पछिल्ला दिनमा शाखा बाहिरका काममा पनि नजर पुग्न थालेको छ । शाखालाई घुसखोरीको अखडा बनाएका धामीको कार्यशैलीलाई लिएर विभागको नेतृत्वदेखि मन्त्रालयका सचिव र मन्त्री दामोदर भण्डारीसम्म गुनासो पुगेको छ ।

तर, सुदूरपश्चिमकै भएपछि धामीको गुनासो कसले सुन्ने ? धामीको चकचकी कतिसम्म छ भने उनी कहिले विभागमा अन्य निर्देशकहरुको सरुवा गरिदिनु पर्यो भन्दै मन्त्री र सचिवकहाँ धाउने गरेका छन् भने कहिले आफू अनुकुलको सहकर्मीलाई विभागको अर्को शाखामा ल्याउनका लागि सामान्य प्रशासन मन्त्रालय समेत धाउने गरेका छन् ।

लामो समयदेखि एउटै शाखामा रहँदा धामीको गतिविधिका कारण सेवाग्राहीहरुसमेत मारमा पर्दै आएका गुनासा बढ्न थालेका छन् । स्रोत भन्छ–‘दाम बिना काममा हात नहाल्ने स्वाभावका धामीले सेटिङका लागि सुब्बा साबहरुलाई परिचालन गरेका छन् । मन्त्री र सचिवको हवला दिएर रकम उठाउने अभियान नै चलाएका धामीले विभागको नेतृत्वलाई समेत बदनाम गराउने गरेका छन् ।’

विभागमा कार्यरत एक कर्मचारी भन्छन्–‘धामीको अत्याचारले यतिसम्म सीमा नाघेकको छ कि उनको काममा व्यवधान गर्ने र कार्यशैलीप्रति टिप्पणी गर्ने सहकर्मी र कर्मचारीहरुको हुँदै नभएका झूटलाई पनि हजार फुर्का लगाएर सत्य जस्तै देखाएर मन्त्रीको सचिवालयका आनन्द भट्टलाई दैनिक रुपमा सुनाउने गरेका छन् ।’

आफू निकट हुनका लागि धामीले भट्टलाई सहारा लिएका छन् । बेलाबखत सानोतिनो साथ सहयोग दिएर निकट राखिरहेका भट्ट पनि सुदूरपश्चिमकै भएका कारण धामीले भनेका हर कुरालाई झूट भए पनि विश्वास गर्दै आएका छन् ।

बडु उद्योगमन्त्री हुँदा सुदूरपश्चिमकै बाहुल्यता रहेको विभागमा त्यसबेलादेखिनै धामी विदेशी लगानी शाखामा कार्यरत थिए भने उपसचिवद्वय भक्तराज जोशी–अनुमति शाखा र सुरेश जोशी– ट्रेडमार्क शाखामा थिए । दुवै जोशीले विभाग छाडिसकेका छन् ।

धामी भने कहिले सुदूरपश्चिमको नाता जोडेर त कहिले काँग्रेसको फेरो समातेर त्यही टिकिरहेका छन् । उनले मन्त्रालयमा अनुमति शाखामा भएका काम कारबाहीलाई लिएर पनि टिक्का टिप्पणी गर्ने गरेको बताइन्छ ।

सुदूरपश्चिमकै भएका कारण अनुमति शाखामा कार्यरत शाखाअधिकृत दुर्गादत्त भट्टको दैनिकी पनि मन्त्रीका सचिवालयका आनन्द भट्टलाई अनावश्यक विषयमा रिपोर्टिङ गर्दैमा दिन बित्ने गरेको छ ।

ट्रेडमार्क शाखामा एक वर्ष काम गरेर अनुमति शाखामा आएका भट्ट पनि सबैभन्दा बढी लाभ लिने कर्मचारीमा पर्दछन् । बैतडीका भट्ट पनि कहिले सुदूरपश्चित त कहिले काँग्रेस भएरै टिकिरहेका थिए अहिले उनी आफू एमाले निकट भएको दलिल पेश गर्दै बैतडी नै घर भएका मन्त्री र सचिवालयलाई गुमराहमा राख्न सफल भएका छन् ।

उनी विभागमै बसेर जापान र चीनको २ पटक भ्रमण गर्न पाउने भाग्यमानी शाखा अधिकृतका रुपमा परिचित छन् । उनले शाखाभित्रका कर्मचारी र काम कारबाहीका विषयलाई लिएर अनावश्यक रुपमा सचिवालयलाई रिपोर्टिङ गर्ने गरेको स्रोत बताउँछ ।

जसलाई आधार बनाएर सचिवालयका कर्मचारीले मन्त्रीलाई रिपोर्टिङ गर्दा इमान्दार कर्मचारीहरु समेत मारमा पर्ने गरेका छन् । शाखा भित्र र बाहिरको काममा अनावश्यक चासो राख्दै आएका भट्टले आफू मन्त्रीको विभागभित्रको सल्लाहर भन्न मात्रै बाँकी रहेको श्रोतको दाबी छ ।

यस्तै ट्रेडमार्क शाखाका निर्देशक सोम गौतमको कार्यशैलीलाई लिएर पनि विभागदेखि मन्त्रालयसम्म गुनासो पुगेको छ । ट्रेडमार्कका कानुन व्यवसायीहरुले गौतमले अनावश्यक रुपमा दुःख दिएको, कुनै पनि काम सम्पन्न गर्न भन्दा पनि अल्झाउन ध्यान दिएको, कमजोर निर्णय क्षमता भएका कारण उनी सो शाखामा रहँदा सेवाग्राही मर्कामा परेको भन्दै विभागको नेतृत्व र सचिवसम्म गुनासो पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077