Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाल‍बाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने

नेपाल‍बाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । भारतले नेपालका जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली किन्ने भएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको हो ।

अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो ।  यसले कुल स्वीकृत परिमाण ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट ९ सय ४१ मेगावाट (२८ आयोजना) पुग्नेछ ।

सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएको थियो।

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरू गरेको हो।

त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077