Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तोलामा १००० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १००० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा काराबोर भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077