Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

देउवालाई विश्वप्रकाशले भने - अब प्रधानमन्त्री नबन्नुस्, जवाफ - म छोड्दिनँ

देउवालाई विश्वप्रकाशले भने - अब प्रधानमन्त्री नबन्नुस्, जवाफ - म छोड्दिनँ

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री नबन्न सुझाव दिएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न सुझाव दिएका हुन् ।

शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,“जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस् । कांग्रेसको महामन्त्रीले घुमाएर होइन सिधै कुरा गर्छ । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।”

शर्माले यस्तो प्रस्ताव गरेपछि देउवाले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनसमेत चुनौती दिए । उनले बैठकमा भने, “भन्नेबित्तिकै कसैले छोड्छ रु तपाईंलाई छोड्न मन छैन भने, तपाईं छाड्नुहुन्छ ? यस्तो कुरा नगर्नुस् ।''

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077