Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहकको जिम्मेवारी

माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहकको जिम्मेवारी

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।

‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति ११ बजे रुसको भ्लादिभोस्तक प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने छ ।

‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

पार्टीको नेता तथा कार्यकर्ता उनलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077