Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीद्धारा उपनिर्वाचन परिचालन कमिटी गठन

एकीकृत समाजवादीद्धारा उपनिर्वाचन परिचालन कमिटी गठन

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ।

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको हो।

स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसीरमा हुने उपनिर्वाचनका लागि भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको एकीकृत समाजवादीले जनाएको छ ।

आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव छन्।

कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा। गंगालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराललाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077