Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

आईजीपीविरुद्ध 'विदास्पद' अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई प्रधानमन्त्री ओलीले गराए सचेत

आईजीपीविरुद्ध 'विदास्पद' अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई प्रधानमन्त्री ओलीले गराए सचेत

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जथाभावी नबोल्न सचेत गराएका छन्।

नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर सञ्चामन्त्री गुरुङले कुँवरको जिब्रो थुत्नुपर्ने भन्दे विदास्पद अभिव्यक्ति दिएका थिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चामन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्रीले सचेत गराएको बताएका हुन् ।

सञ्चामन्त्री गुरुङ प्रधानमन्त्री ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए ।

प्रधानमन्त्री शनिवार पोखरामा आयोजित पत्रकार भेटमा आईजीपी कुँवरले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाएका थिए ।

उनले वर्तमान प्रहरी आईजीपीले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको भन्दैगुरुङले आक्रोश पोखेका थिए।

सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने भन्दै गुरुङले आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077