Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

अचाक्ली मूल्य वृद्धिले सर्वसाधारणलाई छाक टार्नै धौधौ

अचाक्ली मूल्य वृद्धिले सर्वसाधारणलाई छाक टार्नै धौधौ

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । बजारमा दैनिक उपभोग्यवस्तुको अस्वाभाविक रूपमा मूल्य वृद्धि भइरहेको छ। चर्को मूल्यवृद्धिले उपभोक्ताहरू मारमा पर्दै आइरहेका छन् ।

न्यून आय हुने श्रमिक मजदुरहरूले त बिहान र बेलुकीको छाक टार्नै समस्या परिरहेको भन्दै गुनासो गरिरहेका छन्।

यसरी सर्वसाधारणहरू पीडित बनिरहँदा सम्बन्धित सरकारी निकायले भने अचाक्ली मूल्यवृद्धि रोक्न खासै पहल गर्न सकेको देखिँदैन ।

सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने खाद्यान्न, खानेतेल र तरकारीजस्ता वस्तुको भाउ बढेपछि कैयौँको जीवनयापन कष्टकर बनिरहँदा सरकार रमिते बनेको छ। बजारमा साउन मसान्तसम्म ९५ रुपियाँमा पाउने स्टिम जिरा मसिनो चामल भदौ महिना ११० रुपियाँ पुगेको छ।

त्यसै गरी प्रतिकेजी तराई चिउरा ९५ को १०५, रहर दाल ३०० को ३२०, काँचो तोरीको तेल २२० को २३०, चिनी ११० को ११५, आँटा ७० को ७५, प्याज ६० को १६०, आलु ५० को ७२, अण्डा प्रतिगोटा १५ को २२ पुगेको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077