Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

तरकारीमा हालेको विषले एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग !

तरकारीमा हालेको विषले एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग !

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ ।

ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।

खेतीमा प्रयोग हुने अधिक विषादी नै त्यसको कारण रहेको दाबी गरिएपछि कृषिमन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।

अहिले कार्यदलले गण्डकी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन तयार गर्दै छ । उक्त घटनालाई नै पुष्टि गर्ने आधार देखाउने गरी गण्डकी प्रदेशकै नवलपुरको हुप्सेकोटमा त्यस्तै खेती गर्नेमा क्यान्सरका रोगी अधिक फेला परेका छन् ।

हुप्सेकोट गाउँपालिकामा मात्र व्यावसायिक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको स्वास्थ्य शाखा हुप्सेकोटले जनाएको छ ।

तीमध्ये १४ जना एउटै वडा (वडा नं. १ को जुगेपानी क्षेत्र) का रहेका हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077