Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मानव बेचबिखन मानव सभ्यताकै जघन्य अपराघ हो : प्रधानमन्त्री ओली

मानव बेचबिखन मानव सभ्यताकै जघन्य अपराघ हो : प्रधानमन्त्री ओली

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै जघन्य अपराघ भएको बताएका छन्।

मानव बेचबिखनविरुद्धको १८औं राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको उनले बताए।

वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदार र मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको प्रधानमन्त्री ओलीको भनाई छ।

उनले बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077