Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

बिहिवार , भाद्र २०, २०८१

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् ।

सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट गरे ।

महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए ।

फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077