Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रचण्डले अस्थिरता मच्चाउन खोजेको एमाले महासचिव पोखरेलको आरोप

प्रचण्डले अस्थिरता मच्चाउन खोजेको एमाले महासचिव पोखरेलको आरोप

बिहिवार , भाद्र २०, २०८१

वीरेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अतिवादी अभिव्यक्ति दिँदै हिडेको आरोप लगाएका छन् ।

एमालेको कर्णाली प्रदेशस्तरीय सचिवालयको बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

महासचिव पोखरेलले सत्ताबाहिर पुगेपछि प्रचण्डले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

महासचिव पोखरेलले भने,‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ । प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

महासचिव पोखरेलले प्रचण्डको असंसदीय राजनीतिले सदनमा किचलो भइरहेको आरोपसमेत लगाए ।

बंगलादेशप्रति लक्षित गरी ठाउँठाउँमा दिँदै आएका प्रचण्डका अभिव्यक्तिहरू मुलुक र लोकतन्त्रका लागि हितमा नहुने उनको भनाइ छ।

पछिल्लो समय मुलुकको समृद्धि, राजनीतिक स्थायित्वका लागि मुलुकका दुई ठूला दलहरू मिलेर सरकार गठन भएको बताउँदै उनले मुलुकलाई स्थायित्व दिन संविधानमा संशोधन गर्न खोजिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077