Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संयोजक चन्दन निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संयोजक चन्दन निलम्बित

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारी मुक्त गरेको छ।

स्वर्णकारलाई अनुशासनको कारवाहीसहित पार्टीबाट निलम्बन गरिएको हो ।

पार्टी केन्द्रीय अनुशासन आयोगमा चन्दनले गुडीकुमारी साहमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो।

उक्त उजुरी उपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो।

छलफलमा गुडी साहसहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ ।

अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकार भित्रको विषय समेत नभएको’ ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077