Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुबीच भेट, के भयो कुराकानी ?

माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुबीच भेट, के भयो कुराकानी ?

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।

नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहलको आग्रहसहित एमाले नेताहरुले अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।

एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरु, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डल खुलमटार पुगेका हो।

एमाले नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर नदि किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले जारी गरेको परिपत्रको विषयमा छलफल गरेका छन्।

अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने बिषयमा सहमति जनाउदै प्रचण्डले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाए।

त्यसबारे आफ्नो दलबाट औपचारिक निर्णय गरेर सरकारले भ्याकेटमा जाँदा समर्थन जनाउने प्रचण्डले प्रतिबद्धता जनाएको एमाले नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077