Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कारमा कर छुट दिने सरकारको निर्णय

पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कारमा कर छुट दिने सरकारको निर्णय

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । सरकारले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेशाले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको हो ।

खेलकुद कार्यविधिअनुसार पलेशाले पुरस्कारस्वरुप ६५ लाख रुपैयाँ पाउँछिन् । सो पुरस्कार पाउँदा कर तिर्नुपर्ने भएपनि अब सरकारको निर्णयअनुसार उनले पुरै रकम पाउने भएकी छन् ।

सँगै प्रशिक्षकलाई पाँच लाख र टिम व्यवस्थापकलाई दुई लाख रुपियाँ दिने निर्णय भएको छ । यसअघि बुधबार नै प्रधानमन्त्रीले उनलाई पुरस्कार रकममा छुट दिने घोषणा गरेका थिए ।

पेरिसमा भएको पाराओलम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077