Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले सार्वजनिकरुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

सो समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।

पहाडी निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077