Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारीमन्त्री अधिकारीलाई समितिले भन्यो - पीडितहरूको आन्दोलनबारे कटाक्ष नगर्नू

सहकारीमन्त्री अधिकारीलाई समितिले भन्यो - पीडितहरूको आन्दोलनबारे कटाक्ष नगर्नू

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सार्वजनिक अभिव्यक्ति दिँदा संयमित भएर बोल्न निर्देशन दिएको छ ।

शुक्रबार संघीय संसद् सचिवालयमा बसेको समितिको ५३औँ बैठकले मन्त्री बलरामलाई यस्तो निर्देशन दिएको हो ।

सहकारी वचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न मन्त्री अधिकारीलाई निर्देशन दिइएको समितिका सभापती सूर्य थापाले बताए ।

मन्त्री अधिकारीले बिहीबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा आन्दोलनरत अधिकांश सहकारीपीडितले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर सहकारीबाट महँगोमा प्रवाह गरी बीचको रकम सञ्चालकहरूले खाएको आरोप लगाएका थिए । उ

नको अभिव्यक्तिपछि देशभरका आन्दोलनरत सहकारी पीडितहरू आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077