Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

ओलीलाई प्रचण्डको जवाफ - मैले त अहंकार नगर्नु पो भनेको, बंगलादेश बनाउँछु भनेको छैन !

ओलीलाई प्रचण्डको जवाफ - मैले त अहंकार नगर्नु पो भनेको, बंगलादेश बनाउँछु भनेको छैन !

आइतवार , भाद्र २३, २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफु सरकार नभइ पार्टी बनाउनतिर केन्द्रित रहेको बताएका छन् ।

विराटनगर विमानस्थल बोल्दै अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले सरकार बनाएपछि माओवादी केन्द्र पार्टी निर्माणमा जुटेको बताएका हुन् ।

अहिले माओवादी केन्द्र सरकार बनाउने खेलमा नलाग्ने अध्यक्ष प्रचण्डको दाबी छ ।

अध्यक्ष प्रचण्डले भने,‘ एमाले र कांग्रेसले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनुभयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन ।’

आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण टिक्न नदिइएको अध्यक्ष प्रचण्डले आरोप लगाए । अध्यक्ष प्रचण्डले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको दाबी गरे ।

दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस् भनेर नै आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैली असभ्य भएको आरोप लगाए। केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077