Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन थाल्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन थाल्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदीकिनारको थप २० मिटर खाली गराउने सर्वोच्चको फैसलाविरुद्ध आन्दोन थाल्न निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीका काठमाडौं, भक्तपुर, ललितपुरका जिल्ला अध्यक्षहरूले यसबारे अध्यक्ष नेपाललाई ध्यानाकर्षण गराएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले उपत्यकास्थित नदीकिनारबाट थप २० मिटर जमिन खाली गराउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिन निर्देशन दिए ।

अध्यक्ष नेपालले नदीकिनाराका जमीन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथि संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम थाल्न निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालको निर्देशनअनुसार समाजवादी पार्टी जनताको पक्षमा उभिएर अदालतको निर्णयबारे सबै किसिमका सम्वाद गर्दै दबाबमुलक कार्यक्रम गर्ने भएको छ।

पीडित जनतासँग तत्काल अन्तरकृया गरेर पार्टीको धारणा जनतासम्म पुर्‍याउन पनि नेपालले पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएका छन्।

एकीकृत समाजवादीले आइतबार नै यसबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र सोमबार बृहत् अन्तरक्रिया राख्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077