Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

न्यूनतम साझा कार्यक्रम बनाउन सरकारले गठन गर्‍यो चार सदस्यीय कार्यदल

न्यूनतम साझा कार्यक्रम बनाउन सरकारले गठन गर्‍यो चार सदस्यीय कार्यदल

आइतवार , भाद्र २३, २०८१

काठमाडौँ । कांग्रेस र एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले कार्यदल गठन गरेको हो ।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्न थालेपछि कांग्रेस-एमालेले बल्ल न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न लागेका हुन् । सदस्यको नाम भनेखुलाइएको छैन् ।

आइतबार साँझ प्रधानमन्त्रीको निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओली र देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077