काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय अब आधा घण्टा मात्रै हुने भएको छ ।
आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाइएको जानकारी गराएका हुन् ।
'सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,' उनले भनेका छन् ।
उनका अनसार, अब खाजा खाने समय दिउँसो १:३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ । ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए 'हेलो सरकार' मार्फत उजुरी दिन आग्रह गरेका छन् ।
'कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,' प्रधामन्त्री ओलीले भनेका छन् ।