Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेसले गर्‍यो चित्रलेखालाई अस्ट्रेलियाको राजदूतमा सिफारिस

कांग्रेसले गर्‍यो चित्रलेखालाई अस्ट्रेलियाको राजदूतमा सिफारिस

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको छ ।

सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो।

सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।

सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले चित्रलेखालाई अस्ट्रेलियाका लागि राजदूतमा सिफारिश गर्दै संसदीय सुनुवाइ विशेष समितिमा पठाउने तयारी छ ।

यसअघि सरकारले सिफारिश गरेका १८ मध्ये कान्ता रिजालको नाममा विवाद भएपछि उनको नाम फिर्ता लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077