Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

हामीले जीबीलाई खोज्न दुईजना प्रहरी मलेसिया पठायौँ, त्यहाँ पनि फेला परेनन् : गृहमन्त्री

हामीले जीबीलाई खोज्न दुईजना प्रहरी मलेसिया पठायौँ, त्यहाँ पनि फेला परेनन् : गृहमन्त्री

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा फरार रहेका जीबी राई मलेसियामा नभेटिएको बताएका छन् ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको शुक्रबारको बैठकमा उनले जीबीलाई खोज्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पुगे पनि प्रगति नभएको बताएका हुन् ।

समितिले फरार रहेका व्यक्तिहरुको सूची उपलब्ध गराएर गृह मन्त्रालयलाई खोजीदिन आग्रह गरेको थियो । त्यही विषयमा शुक्रबार गृह मन्त्री लेखकलाई बोलाएर सोधेको थियो ।

लेखकले फरारको सूचीमा रहेका जीबी राईको खोजीमा कुनै प्रगति हुन नसकेको बताएका थिए ।

“दुईजना प्रहरी हामीले जीबी राई खोज्नका लागि मलेसिया पठायौँ तर त्यहाँ पनि फेला परेनन् । कुनै प्रगति हुन सकेन,” लेखकले बैठकमा भनेको स्रोतले बतायो ।

गृहमन्त्री लेखक, गृह सचिव, र प्रहरी प्रमुखसहितलाई समितिको बैठकमा बोलाएर फरार व्यक्तिहरूको खोजविन गर्न साउन १३ गते गरिएको निर्देशन कार्यान्वयनबारे छलफल गरिएको समितिका सभापति सूर्य बहादुर थापाले जानकारी दिए ।

विदेशमा फरार रहेका कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशिन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077