Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

इपिएस कोरिया : सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण

इपिएस कोरिया : सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण

शनिवार , आश्विन ५, २०८१

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणमा लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ९६५ जनामध्ये सिप परीक्षामा आठ हजार १५१ परीक्षार्थी उत्तीर्ण भएका हुन् । दोस्रो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ८१४ जना सिप परीक्षामा अनुत्तीर्ण भए ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए ।

दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको सिप परीक्षाका नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ ।

सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077