Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने भएको छ ।

निर्वाचन आयोगले बुधवार सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि आह्वान गरेको हो ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077