अपराध अनुसन्धान विभाग डा. मनोजकुमार केसीको सरुवा हुँदा सीआईबीमा उमाप्रसाद चतुर्वेदी
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
बैठकले गरेको निर्णयअनुसार केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा रहेका एआईजी डा. मनोजकुमार केसी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभाग सरुवा भएका छन् ।
केसी अपराध अनुसन्धान विभाग सरुवा हुँदा सिआईबीको जिम्मेवारी उमाप्रसाद चतुर्वेदीले पाएका छन् ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी सुशीलासिंह राठौर सरुवा भएका छन् ।
त्यहाँका प्रमुख एआईजी ईश्वर कार्की हेडक्वार्टरको मानवस्रोत विभाग सरुवा गरिएको छ ।
यस्तै हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धविक्रम शाह हेडक्वार्टरको अपरेशन विभाग सरुवा हुँदा प्रतिष्ठानमा अर्का एआईजी राजन अधिकारी सरुवा भएका छन् ।