Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सशस्त्रका तीन एआईजीको सरुवा, मानवस्रोतमा नारायणदत्त पौडेल

सशस्त्रका तीन एआईजीको सरुवा, मानवस्रोतमा नारायणदत्त पौडेल

मंगलवार , पौष १, २०८२

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा गरेको हो ।

सशस्त्र प्रहरीमा एआईजी प्रमुख हुने मानवस्रोत, कार्य र सीमा सुरक्षा गरी तीन वटा विभाग रहेका छन् ।

जसअनुसार एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका नारायणदत्त पौडेललाई कार्यबाट मानवस्रोत, दोस्रो वरीयताका बंशीराज दाहाललाई मानवस्रोतबाट सीमा सुरक्षा र तेस्रो वरीयताका गणेशबहादुर ठाडा मगरलाई सीमा सुरक्षाबाट कार्यविभागमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

यसअघि उनिहरुको सरुवा २०८१ साल भदौ १३ गते बसेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077