काठमाडौं । विहिबार बढुवा भएका नेपाल प्रहरीका चार एआईजीको पदस्थापन भएको छ ।
१२ दिनअघि बढुवा सिफारिस भएर विहिबार मात्रै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विक पदस्थापन भएको हो ।
जस अनुसार राठौरको अपराध अनुसन्धान विभाग, चतुर्वेदीको कार्य बिभाग, श्रेष्ठको प्रशासन बिभाग र बिकको प्रदेश समन्वय बिभागमा पदस्थापन भएको छ ।
बढुवाअघि राठौर प्रशासन विभागमा निमित्त प्रमुख रहेकाले उनी बढुवापछि त्यही पदस्थापनको प्रयासमा थिए । तर, उनलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
प्रहरीको पुननिर्माण र निर्वाचनका लागि बजेट आउने भएकाले प्रशासन विभाग चारै एआईजीको रोजाइमा परेको थियो । तर, त्यसमा श्रेष्ठले बाजी मारेका छन् ।