Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

८ एआईजीको सरुवा, सीआईबीमा चतुर्वेदी

८ एआईजीको सरुवा, सीआईबीमा चतुर्वेदी

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ एआईजी सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकलले एआईजीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार एआईजी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को जिम्मेवारी दिइएको छ । 

सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका एआईजी डा. मनोजकुमार केसीलाई भने हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । 

त्यसैगरी काठमाडौं उपत्यका कार्यालय प्रमुखमा, एआईजी सुशीलासिंह राठौर सरुवा भएका छन् भने त्यहाँका प्रमुख एआईजी ईश्वर कार्की हेडक्वार्टरको मानवस्रोत विभाग सरुवा भएका छन् ।

हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी सिद्धविक्रम शाह हेडक्वार्टरको अपरेशन विभाग सरुवा भएका छन् भने प्रतिष्ठानमा एआईजी राजन अधिकारीलाई सरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077