Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विद्यार्थी संगठनलाई प्रचण्डले भने - तपाईं सडकको बाघ भएर निस्कनुस्, म संसदमा सिंह बन्छु

विद्यार्थी संगठनलाई प्रचण्डले भने - तपाईं सडकको बाघ भएर निस्कनुस्, म संसदमा सिंह बन्छु

बिहिवार , आश्विन १०, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए ।

विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने,‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु ।'

उनले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077