Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले दिए विजयादशमीको शुभकामना

भारतीय प्रधानमन्त्री मोदीले दिए विजयादशमीको शुभकामना

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिजयादशमीको अवसरमा शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन, ‘विजयादशमीका अवसरमा माता दुर्गा र भगवान श्री रामको आशीर्वादका साथ तपाईंहरू सबैले जीवनको हरेक क्षेत्रमा विजय प्राप्त गर्नुहोस् भन्ने मेरो हार्दिक शुभकामना छ।’

राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको रामलीला मैदान धीरज धर गुप्तामा श्री धार्मिक लीला समितिद्वारा आयोजित दशहरा कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ ।

श्री धार्मिक लीला समितिका महासचिवले एएनआईलाई बताएअनुसार कार्यक्रम शनिबार साँझ ५ः३० बजे शुरु हुनेछ। भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दू चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077