Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे ‘राष्ट्रिय उद्धार यात्रा’ आरम्भ

प्रधानमन्त्री ओलीले गरे ‘राष्ट्रिय उद्धार यात्रा’ आरम्भ

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको यात्राको सफलताको कामना गर्दै प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

उनले पहिले मानवता, त्यसपछि देश भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे।

त्यस बखत प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा पनि उपस्थित थिए।

प्रधानमन्त्री ओलीले अभियानका सहभागीलाई टीका लगाइदिएर शुभयात्राको कामना गरेका थिए। सो यात्रा आगामी कातिक २८ गतेसम्म जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077