Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारी इटाली प्रस्थान

कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारी इटाली प्रस्थान

आइतवार , आश्विन २७, २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटाली प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका हुन् ।

मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको हो । मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि शुरू हुनेछ ।

बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077