Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आज पनि दसैंको टीका लगाइँदै, भोलिदेखि कार्यालय खुल्ने

आज पनि दसैंको टीका लगाइँदै, भोलिदेखि कार्यालय खुल्ने

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । बडादसैंको द्वादशी आज पनि अधिकांश स्थानमा टीका लगाउने क्रम जारी छ ।

विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ।

टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन छ।

कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ। फूलपातीका दिन बिहीबार शुरु भएको बडादशैँको सार्वजनिक बिदा आजसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077