Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सत्ता गठबन्धनमा कुनै समस्या छैन, २०८४ सालसम्मै चल्छ : सभापति देउवा

सत्ता गठबन्धनमा कुनै समस्या छैन, २०८४ सालसम्मै चल्छ : सभापति देउवा

शुक्रवार , कार्तिक ३०, २०८१

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।

उनले लिखित सहमतिअनुसार अहिलेको गठबन्धन २०८४ सालसम्म नै चल्ने बताए ।

सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको उनले जानकारी दिए ।

सभापति देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफू लड्नेर नलड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077