Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा एमालेका मानन्धरको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा एमालेका मानन्धरको उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयमा नेकपा एमालेबाट सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन्।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ। वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन्।

कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरसहित नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077