Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप

आइतवार , माघ १३, २०८१

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चारजना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ ।

आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केबलकार निर्माण योजना अघि बढाएको हो । गत मंगलबारदेखि जमिन सम्याउने काम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077