काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि अदालत उपस्थित हुँदैछन् ।
गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबार थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो ।
आइतबार पनि बहस निरन्तर हुने भएकाले लामिछाने अदालत उपस्थित हुने भएका छन् । आइतबार थुनछेक बहस सक्ने तयारी छ ।