Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लगेर बलात्कार

गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लगेर बलात्कार

आइतवार , माघ १३, २०८१

बझाङ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले छबिसपाथीभेराको भाँडेबगर बजारमा गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा पुर्‍याइदिने बहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

धनगढीबाट आएकी ती किशोरी शनिबार साँझ भाँडेबगरमा गाडी कुरिरहेकी थिइन् । एक्लै देखेपछि म पुर्‍याइदिन्छु भन्दै मोटसाइकलमा ल्याएर केही पर एकान्त ठाउँमा पुर्‍याएपछि जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077